लकडाउन पालना नभए संक्रमण भयावह बन्नसक्ने चिकित्सकको चेतावनी

चैत्र १३, २०७६ | काठमाडौं

सरकारले आह्वान गरेको लकडाउनलाई इमानदारीका साथ निभाउन नसके कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले चेतावनी दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले लकडाउनका बेला छर छिमेकमा जमघट नगर्न तथा सडकमा अनावश्यक हिड्डुल नगर्न सर्वसाधरणलाई आग्रह गर्नुभयो ।

कोरोना भाईरसं सजिलै सर्ने भएकाले सामाजिक दुरी कायम गर्नु नै बच्नका लागि उत्तम उपाय रहेको डा. पुनको भनाई छ । रणनीतिक रुपमा लकडाउन प्रभावकारी योजना भएपनि कार्यान्वयन गर्न सर्वसाधारण आफै सचत हुनुपर्नेमा चिकित्सकले जोडदिएका छन् । 

लकडाउन गर्दा सामाजिक दुरी नै उत्तम विकल्प भन्दै मनोचिकित्शक डा. सगुन बल्लव पन्तले अत्यावश्यक परे मात्रै घर बाहिर निस्कन तथा अन्य ब्यक्तिसँग सम्पर्कमा नआउन आग्रह गर्नुभयो । यसैवीच कोरोना भाइरस संक्रमित २ जनाको काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार जारी छ । 

उनीहरुको अवस्था स्थिर रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको बुलेटिनमा उल्लेख छ । अहिले सम्म ६ सय ८७ जनामा कोरोनाको परिक्षण गरिएको छ । १३ जना कोभिड १९ को आंशकामा अस्पताल भर्ना छन् । 

गम्भीर स्वास प्रश्वासको समस्या रहेका ब्यक्तिलाई आइसोलेसनमा राख्ने गरिएको छ । 


प्रतिक्रिया