थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ १०, २०७७ | काठमाडौं

– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, भैरहवाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा ३२ जना नयाँ संक्रमित पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

जसअन्तर्गत कपिलवस्तुमा ७ जना पुरुष र एक महिला गरि ८ जना, सर्लाहीमा १३ जना पुरुष, बारामा एक जना महिला, काठमाडौमा एक जना पुरुष, रुपन्देहीमा ८ जना पुरुष तथा चितवनमा १ जना पुरुष रहेका मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।  


प्रतिक्रिया