दरबार हत्याकाण्डको १९ वर्ष पूरा, घट्ना अहिले पनि रहस्यमय नै

जेष्ठ १९, २०७७ | काठमाडौं

तत्कालीन राजा वीरेन्द्र शाह सहितको ज्यान जाने गरी दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते राति नारायणहिटीस्थित दरबारभित्रै राजारानी सहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । 

हत्याकाण्डको अनेक आशंका र अनुमान गरिए पनि घट्ना अहिले पनि रहस्यमय नै छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश हुने गरी भएको घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन । 

पारिवारिक जमघटका बेला भएको सो घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत राजपरिवारका अन्य सदस्यहरूको हत्या भएको थियो । 

२०५८ सालमा भएको दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ साल जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको औपचारिक घोषणा गरिएको थियो । 


प्रतिक्रिया