४ महिने शिशुसहित कर्णालीमा थप १६ जनामा संक्रमण

जेष्ठ २१, २०७७ | जुम्ला

कर्णाली प्रदेशमा आज एकै दिन १६ जना संक्रमित थपिएका छन् । दैलेखमा ७, सल्यानमा २ र कालिकोटमा ४ महिने शिशु सहित ७ जनामा संक्रण पुष्टि भएको हो । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

हालसम्म दैलेखमा कुल १ सय ५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, कालिकोटमा २५, अछाममा १०, मुगु, बाजुरा र बझाङमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । 

कर्णाली प्रदेशमा दैलेखमा १ जनामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।


प्रतिक्रिया