नेपाल फर्किनेको संख्या बढ्दै

असार ३, २०७७ | विराटनगर

– भारतसंगको सिमा नाका जोगबनी भएर स्वदेश फर्किनेको संख्या बढ्दै गएको छ । नाका भएर अहिलेसम्म २ हजार २ सय ३७ जना नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अहिलेसम्म ३ हजार २ सय ८७ जना भारतीय नागरिकहरु भारत फर्किएको डिएसपी मानबहादुर राईले बताउनुभयो । 

कोरोना भाइरसको महामारी र लकडाउनले भारतमा रोजगारी गुमाएका र काम बिशेषले भारतमा रोकिनेहरुका लागि सरकारले जेठ १३ गतेबाट जोगबनी नाका हुँदै नेपालतर्फ प्रवेश गर्न खुल्ला गरेको थियो । 

भारतबाट फर्किनेहरुलाई विराटनगरस्थित डिएभी स्कूलस्थित होल्डिङ् सेन्टरमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाउँदै आएको डिएसपी राईको भनाई छ । प्रदेश सरकारले जोगबनी, रंगेली, झापाको भद्रपुर, काँकडभिट्टा र इलामको पशुपतिनगर नाकाबाट भारतमा रहेका नेपालीहरुलाई स्वदेश फर्किन प्रवेश खुल्ला गरेको छ । 


प्रतिक्रिया