कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ

असार १०, २०७७ | जुम्ला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्तपाल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । शिक्षण अस्पतालको पिसिआर प्रयोगशालामा गएराति गरिएको परिक्षणमा अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका अस्पताल निर्देशक डा.मंगल रावलले वताउनुभयो । 

संक्रमणको थप जोखिम वढ्ने भन्दै अस्पतालले अतिआवश्यक वाहेकका सवै सेवाहरु वन्द गर्ने निर्णय गरेको छ । उहाँने भन्नुभयो, 'प्रतिष्ठानमा कार्यरत सवै स्वास्थ्यकर्मी र कर्मचारीहरुको पिसिआर परिक्षण गर्ने तयारी गरिहेका छौ । कर्मचारीहरुको पिसिआर परिक्षण संगै कन्ट्याक ट्रेसिङ्ग पनि सुरु गरिने छ ।'

कोरोना भाइरसको संक्रमण देखिएपछि १० बजे सिसिएमसिको वैठक वस्ने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले वताउनुभयो । अस्पतालको इमेरजेन्सी सेवा वाहेकका सवै सेवा बन्द भैसकेका छन् ।

'अस्पताल सिल गरिएको छ,' थापाले भन्नुभयो, 'लकडाउनको मोडालिटिमा पनि छलफल गरिने छ । संक्रमण समुदायमा फैलनबाट कसरी रोक्न सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ ।'  


प्रतिक्रिया