नेपालमा कोरोना सांक्रमणका ३ सय १६ जना बिरामी थपिए

असार १६, २०७७ | काठमाडौं

नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय १६ नयाँ संक्रमित भेटिएको जानकारी दिनुभयो । योसंगै मुलुकभर कोरोना सक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

आज सप्तरीका २५, सिरहाका १०, उदयपुरका २, झापाका ५, सुनसरीका २, संखुवासवाका ३, धनुषाका ३, रौटहटका ७, महोत्तरीका २९, अछामका २७, बाजुराका ५१, काठमाडौंका १२, स्याङ्जाका ४, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८, भक्तपुरका १, बागलुङका १ र डडेलधुराका ३ जना नयाँ संक्रमित थपिएका छन् । 

यस्तै ललितपुरका १, अछामका १, बैतडीका ४, डोटीका १५, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, तनहुाका ६, अर्घाखााचीका ७, पाल्पाका १८, सल्यानका २, दाङका २१, रुकुम पश्चिमका ८, बाँकेका १, दैलेखका ३, डोटी १५ र कैलालीका ५ जनामा पनि सक्रमण देखिएको हो । 

पीसीआर विधिबाट नेपालमा हालसम्म २ लाख २८ हजार ३ सय ४१ जनाको परिक्षण भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा ४ हजार ७ सय ११ जनाको पिसीआर परिक्षण भएको छ । मुलकभर हालसम्म ५३ हजार ७० र आइसोलेसनमा १० हजार ३ सय ४१ जना रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाको अवस्था सन्तोषजनक : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना सक्रमणको अवस्था सार्कका मुलुकहरुको तुलनामा सन्तोषजनक रहेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले पिसीआर परिक्षण, प्रति १० लाखमा मृत्यु हुनेको संख्या र दरमा सार्क मुलुकहरुमा नेपालको अवस्था निक्कै सन्तोषजनक रहेको बताउनुभयो ।

तथ्यङ अनुसार पिसिआर परिक्षणमा सार्क मुलुकमा नेपाल सबैभन्दा अघि रहेको छ । नेपालमा प्रति दश लाखमा १८ हजार ६३ जनाको पिसिआर परिक्षण हुने गरेको छ । नेपालमा मृत्युदर प्रति दशलाखमा १ रहेको छ । जबकी भारतमा पिसिआर परिक्षणको दर ६ हजार २ सय ३८ र मृत्युदर प्रतिदशलाखमा १२ जना रहेको छ । 

पाकिस्तानमा १० लाममध्ये ५ हजार ८ सय १० जनाको पिसीआर परिक्षण हुने गरेको छ । त्यहाँको मृत्युदर प्रति १० लाख १९ जना रहेको छ । अफगानिस्तानको अवस्था भने निक्कै दयनिय छ । त्यहाँ १ हजार ८ सय ४४ जनाको मात्र पिसीआर परिक्षण हुने गरेको छ । मृत्युदर १९ प्रतिदश लाख रहेको छ । शुन्य दशमलब ५ मृत्युदर रहेको श्रीलंकाको प्रतिदशलाखको परिक्षणदर ४ हजार ९ सय ८ रहेको छ । प्रतिदशलाखमा ११ जना मृत्यु हुने गरेको बंगलादेशमा पिसीआर परिक्षण ४ हजार ६ सय ७२ जनामा मात्र हुने गरेको छ । 


प्रतिक्रिया