तीन दिन अझै पानी पर्ने

असार २९, २०७७ | काठमाडौं

लगातारको बर्षाका कारण अधिकाश नदीमा पानीको वहाव बढेकाले मनसुन रहदा सम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुन 

करिब २ महिनासम्म रहने सम्भावना रहेको र त्यस अवधिसम्म तटीय क्षेत्र उच्च जोखिममा रहेकाले सो क्षेत्रमा भएका बस्तीहरु स्थानान्तरण गर्नुपर्ने मौसमविद् बरुण पौडेलले बताउनुभयो । स्थानीय न्यून चापीय प्रणालीका कारण अझै केही दिन भारी बर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो र तराईका केही भूभाग ढुवानमा पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो । 

यसअघि विभागले ४ दिन अर्थात आजसम्म भारी बर्षाको सम्भावना रहेको अनुमान गरेको थियो । बंगाल र अरेवियन खाडीको प्रभाव सक्रिय रहेकाले नेपालमा बुधबारसम्म मनसुन सक्रिय भएपनि बिहिबारबाट भने केही सुधार हुने मौसमविद् पौडेलको भनाई छ । 

आज र भोली दिउँसो मौसममा केही सुधार आएपनि १, २, बागमती र गण्डकी प्रदेशमा भारी बर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा आज दिउँसो मौसममा केहि सुधार देखिएपनि साँझ पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।   


प्रतिक्रिया