मंगलबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

असार ३०, २०७७ | काठमाडौं

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ । 

मन्त्रालयमा आज आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय १६ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार पुगेको बताउनुभयो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म क्वारेन्टिनमा रहेको संख्या २४ हजार ७ सय १६ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ६ हजार ६ सय ९५ रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।


प्रतिक्रिया