नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

श्रावण १७, २०७७ | काठमाडौं

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ । शनिबार थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा शनिबार आयोजित नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता. प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मुलुकमा ३ सय १५ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा १३ हजार २०१ रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । योसँगै मुलुकमा संक्रमण मुक्त हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ । 


प्रतिक्रिया