कोरोना संक्रमितको मृत्यु

भाद्र ९, २०७७ | भैरहवा

भैरहवाको भिम अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित मृत्यू भएको छ । कोरोना संक्रमित रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५३ बर्षिय पुरुषको गएराति मृत्यु भएको हो । 

एक साता अघि घरको छतबाट लडेर गम्भिर घाइते भएका उनलाई उपचारकालागि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ कोरोनाको परिक्षण गर्दा गत शुक्रवार रिपोर्ट पोजेटिभ आएपछि थप उपचारकालागि कोरोना उपचार अस्पतालको रुपमा रहेको भिम अस्पतालमा हिजो बिहान लगिएको थियो ।

भीम अस्पताल कोभिड–१९ का फोकल पर्सन डा. सुमित प्रजापतीले ती पुरुषको टाउकोमा गम्भिर चोट लागेकाले मृत्यु भएको बताउनुभयो ।


प्रतिक्रिया