सुनसरीमा थपिए २४ संक्रमित

भाद्र १९, २०७७ | धरान

सुनसरीमा चारमहिने बालकसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरीएको परीक्षणमा दुहवी नगरपालिकाका ९ जना, इटहरी उपमहानगरपालिकामा ८ जना, इनरुवा नगरपालिकामा २ जना र कोशि गाउपालिका र बराहक्षेत्र नगरपालिकाका एक एकजनामा कोरोना संक्रमण पुस्टी भएको भएको हो । 

प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन भएका ३ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये एक जना ४ महिनाको बच्चामा पनि संक्रमण देखिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।


प्रतिक्रिया