इतिहासकार ज्ञानमणि नेपालको निधन

जेष्ठ १, २०८१

इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेपालको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाल ९१ वर्षका हुनुहुन्थ्यो । १० दिनअघि उपचारका लागि नेपाललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

 “नेपालको महाभारत”, “नेपाल निरुक्त”, “यात्रा त्रयी”, “नेपाल निरुपण”, नेपाल–भोट चीन सम्बन्धका केही सांस्कृतिक पक्ष’ लगायत पुस्तक इतिहासकार नेपालले लेख्नुभएको छ । उहाँ नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिनु हुन्छ । इतिहासकार नेपालका २ छोरा छन् ।


प्रतिक्रिया