निजी क्षेत्रको सहयोगमा खाद्य प्रशोधन उद्योग सञ्चालनमा ल्याइने

जेष्ठ १, २०८१

सरकारले निजी क्षेत्रको सहयोगमा खाद्य प्रशोधन उद्योग सञ्चालनमा ल्याइने जनाएको छ । खाद्य बालीको प्रवर्द्धन गर्न उत्पादनको चक्र सुरु हुनुअगाडि नै समर्थन मूल्य तोक्ने योजना अघि सारिएको छ । मुलुकमा उत्पादन हुने गरेको धान मकै गहु उखु लगायत बालीको उत्पादन प्रक्रिया सुरु हुन अगावै बालीको समर्थन मूल्य तोकिने सरकारले जनाएको हो । 

आगामी वर्ष केन्द्र, प्रदेश र स्थानीय सरकारको सहकार्यमा आगामी बजेटमा कृषकलाई दिइने अनुदानमा सरलीकरण तथा उत्पादनको बजारीकरण सुनिश्चित गरिने भएको छ । सरकारले प्राथमिकीकरण गरी नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुन सक्ने आयोजना तथा कार्यक्रममा बजेट विनियोजन गरिने जनाएको छ । आयोजनाको कार्यान्वयन प्रगतिका आधारमा त्यसलाई स्थगन गर्ने वा खारेज गर्ने नीति लिइने पनि जनाइएको छ । खरिद कानुनमा पुनरावलोकन गरी खरिद प्रणालीलाई प्रतिस्पर्धी, पारदर्शी र विकासमैत्री बनाइने भएको छ । 


प्रतिक्रिया