पूर्वी नवलपरासीमा थपिए १८ संक्रमित

भाद्र ३०, २०७७ | नवलपरासी

पूर्वी नवलपरासीमा १८ जना कोरोना संक्रमित थपिएका छन । मध्यविन्दु नगरपालिकामा १७ जना र कावासोती नगरपालिका वडा नम्बर ८ का एक युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । 

मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पोख्रेलले दिएको जानकारी अनुसार मध्यबिन्दु नगरपालिकामा ३ महिला सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कावासोतीका युवक बैदेशिक रोजगारीका लागि जान भन्दै काठमाडौं आएको समयमा गरिएको पिसिआर परिक्षणमा कोरोना देखिएको हो । 

उनलाई आज बिहान जिल्ला अस्पतालको आइसोलेशनमा पठाइएको छ । पूर्वी नवलपरासीमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ३ पुगेको छ । ५ जना संक्रमितको मृत्युु भएको छ । जिल्लामा सक्रिय संक्रमित २ सय ९६ रहेको छ । 


प्रतिक्रिया