थप ४८ जनामा कोरोना, धरान उपमहानगरपालिका कार्यालय बन्द

आश्विन २२, २०७७ | धरान

समुदायस्तरमा कोरोना संक्रमण बढ्न थालेपछि सुनसरीके धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु एक साताका लागि बन्द गरिएको छ ।

सर्वपक्षीय तथा सर्वदलीय बैठकले उपमहानगरपालिका मातहतका कार्यालयहरु असोज २८ गतेसम्म बन्द गर्ने निर्णय गरेको बरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवाडाले बताउनुभयो । 

तर अन्य सरकारी कार्यालय, बजार, यातायात, भने खुल्लै रहने छन् । उपमहानगरपालिका, वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारी गरी २५ जनामा कोरोना संक्रमित पुष्टि भएपछि कार्यालहरु बन्द गरिएको हो ।

यसैबीच, आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो । ती मध्ये अधिकांस संक्रमित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी र प्रतिष्ठानभित्रको अवासीय क्षेत्रमा बसोबास गर्ने रहेको प्रमुख मेहताले बताउनुभयो ।   


प्रतिक्रिया