वीपी प्रतिष्ठानमा उपचाररत चार संक्रमितको मृत्यु

आश्विन २३, २०७७ | धरान

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित चारजनाको मृत्यु भएको छ । 

सुनसरीका ३ र झापा दमकका एक पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिस श्रेष्ठकाअनुसार ज्वरो, खोकी, श्वासप्रस्वाशमा कठिनाइ भए पछि प्रतिष्ठानको कोभिड अस्पतालमा असोज २२ गते भर्ना भएका इटहरी ६ का ६८ बर्षीय र असोज १२ गते भर्ना भएका दुहवी नगरपालिका का ५२ बर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । इटहरीका मृतक पुरुषको कुनै दीर्घ रोग नदेखिएपनि दुहवीका पुरुष मृगौला रोगबाट लामो समयदेखि पीडित थिए । 

यसैगरी धरान उपमहानगरपालिका ८ का ४६ बर्षीय पुरुष र झापाको दमक नगरपालिका १ का ५२ बर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा श्रेष्ठले उच्च रक्तचापका रोगीसमेत रहेका धरानका पुरुष र असोज १८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका दमकका पुरुषको हिजो मृत्यु भएको हो । 


प्रतिक्रिया