सबै खाले अस्पतालले ५० प्रतिशत शैया कोभिड १९ का लागि छुट्याउनुपर्ने

कार्तिक २, २०७७ | काठमाडौं

अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुको क्वारेन्टिनमा बस्ने सम्बन्धि हालको व्यवस्था परिवर्तन गरिएको छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारीमा कोभिड १० को चिन्ह वा लक्षण देखिए मात्र क्वारेन्टिनमा बस्न सरकारले निर्देशन दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया व्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले अस्पताल शैया सम्बन्धि व्यवस्था पनि परिवर्तन गरिएको जानकारी दिनुभयो । अब सबै खाले अस्पतालले आइसीयु सहित ५० प्रतिशत पुर्वाधार कोभिड १९ का लागि छुट्याउनुपर्ने उहाँको भनाई थियो ।

यसअघि नीजि सहकारी, सामुदायिक अस्पतालले २० प्रतिशत र मेडिकल कलेजहरुले ३३ प्रतिशत शैया छुट्याउनुपर्ने सरकारले निर्णय गरेको थियो ।

कोरोना संक्रमित डिस्चार्ज सम्बन्धमा पछिल्लो ३ दिनमा चिन्ह र लक्षण नभएकालाई १० दिनमा डिस्चार्ज गर्ने मन्त्रालयले व्यवस्था गरेको छ । डिस्चार्ज भएका व्यक्ति होम आइसोलेशनमा ७ दिन अनिवार्य बस्नुपर्नेछ । कोभिड १९ परीक्षण गर्ने सबै प्रयोगशाला नवमी, दशमी र एकादशीको दिन बाहेक पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने छ । परीक्षणको चाप अनुसार गर्न गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ । 


प्रतिक्रिया