रौतहटमा गोली हानी युवतीको हत्या

कार्तिक २७, २०७७ | रौतहट

रौतहटमा एक युवतीको गोली हानी हत्या भएको छ । 

माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीका १८ वर्षीया छोरी अमृताकुमारी साहको गएराति अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गर्नुको कारण र संलग्न व्यक्तिको अहिले सम्म पहिचान भएको छैन ।

मृतक अमृताकी आमा राती घरबाट शौच गर्न बाहिर निस्किएको समयमा हतियारधारी समुह घरमा पसेर कन्चटमा गोली प्रहार गरी भागेको थियो । हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरीका डिएसपि भरत श्रेष्ठले जानकारी दिनुभयो । 

गत फागुनमा सर्लाहीको मधुवनगोठका एक युवकसँग विवाह गरेकी उनको गत असारमा सम्बन्ध विच्छेद भएको थियो । त्यसयता उनी माईतीमा नै बस्दै आएकी थिईन् ।


प्रतिक्रिया