बाराको सीमा नाका बन्द रहने

जेष्ठ ८, २०८१ | बारा

भारतको बिहार राज्यको पश्चिमी चम्पारण जिल्लामा हुन लागेको निर्वाचनका लागि बारास्थित ६२ किमी लामो खुला सीमा नाका तीन दिनका लागि बन्द हुने भएको छ ।

शान्तिपूर्ण निर्वाचनको लागि सहयोग गर्न भारतीय समकक्षी प्रशासकले गरेको पत्राचारअनुसार पर्सि बिहिबार बिहान ६ बजेदेखि जेठ १२ गते बेलुकी ६ बजेसम्मका लागि सीमा नाका बन्द रहने बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो ।

भारतसँग खुला सीमा भएकोले सवारीसाधन वा पैदल आउजाउ मार्फत चुनावमा हुन सक्ने गलत गतिविधिलाई मध्यनजर गर्दै नाका बन्द गर्न लागिएको हो । 


प्रतिक्रिया