मुलुकभर थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

मंसिर ६, २०७७ | काठमाडौं
पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र ८ सय ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ सय ८७ महिला र ५ सय १२ जना पुरुषमा संक्रमण भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
काठमाडौंमा ६ सय ८५, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ६५ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा जम्मा ८ हजार १ सय ४४ पीसीआर परीक्षण भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ९ छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय २३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ । यस्तै पछिललो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय ५ पुगेको छ ।