पछिल्लो २४ घण्टामा आज थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

माघ ६, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा आज थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ संक्रमितको संख्या पुगेको छ । 

त्यसैगरी २४ घण्टामा ४ सय ४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७ सय ६४ छ । 

जसमध्ये १ सय ६१ जनाको आईसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सोलुखुम्बु, भोजपुर, नवलपरासी पश्चिम, कालिकोट, रुकुम पश्चिम र मुगुमा संक्रमितको संख्या शुन्य रहेपनि काठमाडौंमा भने अझै ५ सय बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा ४ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ जना रहेको छ । 


प्रतिक्रिया