बाँकेमा कोराना संक्रमणबाट रातभरीमा ८ जनाको मृत्यु

वैशाख २४, २०७८ | बाँके

बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार गएराती मात्र नेपालगन्जका ६ तथा बर्दिया र कैलालीका एक/एक जना कोरोना संक्रमितले ज्यान गुमाएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का ३४ वर्षीय पुरुष, वडानम्बर १८ का ५६ बर्षीया महिला र वडा नं. ३ का ५२ बर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै, नेपालगन्ज–१२ का ६० बर्षीया र वडा नं. १० का ५४ बर्षीया महिलाको भेरी अस्पतालमा र नेपालगन्ज ६ का ५४ बर्षीय पुरुषको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

यस्तै कोरोना संक्रमित बर्दिया बारबर्दियाका ४७ बर्षीय पुरुष र कैलाली टीकापुरका ४८ बर्षीया महिलाको भेरी अस्पतालमै मृत्यु भएको छ । 


प्रतिक्रिया