सत्ता गठबन्धन तोड्न विपक्षीका अनेक प्रयास जारी छन् : माओवादी अध्यक्ष दाहाल

रेडियो कान्तिपुर संवाददाता

मंसिर १८, २०७८ | काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन तोड्न विपक्षीहरुले अनेक प्रयास जारी राखेको आरोप लगाउनुभएको छ । पार्टी पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन भत्काउने प्रयास भएपनि आफूहरु एकजुट भएर अघि बढीरहेको बताउनुभयो ।

न्यायालयको विवाद समाधान एवं एमसीसीका विषयमा सहमतिबाटै अघि बढ्ने अध्यक्ष दाहालको भनाई थियो ।

आगामी २८ गते आह्वान गरिएको हिउँदे अधिवेशनबारे विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै अध्यक्ष दाहालले संसद विशेष प्रयोजनले नभई नियमित प्रक्रिया अनुसार आह्वान गरिएको बताउनुभयो । 


प्रतिक्रिया