स्थानीय तहको निर्वाचन जेठ ४ मै घोषणा गर्ने सरकारको तयारी

माघ २३, २०७८

निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ ४ गते नै सरकारले स्थानीय तहको निर्वाचन गर्ने भएको छ । आयोगको प्रस्ताव र परामर्श अनुसार मन्त्रीपरिषदको आगामी बैठकले जेठ ४ गते स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । सरकारले निर्वाचन मिति घोषणा गर्न आलटाल गरिरहेको भन्दै चौतर्फी आलोचना भईरहेका बेला सरकारले जेठ ४ मा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न लागेको हो । आगामी मन्त्रीपरिषद बैठकले जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने गरि तयारी भईरहेको मन्त्री कार्कीको भनाई छ ।

यसअघी निर्वाचन आयोगले प्रधानमन्त्री शेर वहादुर देउवालाई भेटेर जेठ ४ मा निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने सुझाव दिएको थियो । आयोगका पदाधिकारीहरुसंगको सुझाव र परामर्शकै आधारमा तोकिएकै समयामा स्थानीय तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री कार्कीको भनाई छ ।

आयोगले निर्वाचनका लागि १२ अर्व रुपैयाँ लाग्ने प्रारम्भिक खर्चको अनुमान समेत सरकारलाई पेश गरिसकेको छ । यसअघी संविधान अनुसार की निर्वाचन कानून अनुसार स्थानीय तह निर्वाचन गर्ने भन्नेमा गठवन्धन दलहरु लामोसमय सम्म अनिर्णित हुदा निर्वाचनलाई लिएर अन्यौल उत्पन्न भएको थियो । निर्वाचन आयोग र कानूनी परामर्शपछि सरकार जेठ ४ मै स्थानीय तह निर्वाचन गर्न तयार भएको हो । 


प्रतिक्रिया