काठमाण्डौ महानगरपालिको मतगणना सुरु

रेडियो कान्तिपुर संवाददाता

वैशाख ३१, २०७९

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि मतगणना सुरु भएको हो । मतगणना सुरु गर्ने निर्णयसँगै मतपेटिका खोलेर मत मिलाउने काम सुरु भएको छ । काठमाडौं महानगरपालिकामा एमालेका केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेदवार वालेन्द्र साह, विवेकशील साझाबाट समीक्षा बास्कोटालगायत ५६ जना मेयरका उम्मेदवार रहेका छन् ।


प्रतिक्रिया