भैरहवामा यात्रुबस दुर्घटना हुँदा ९ जनाको मृत्यु

जेष्ठ २२, २०७९

रुपन्देहीको भैरहवामा आज विहान यात्रुवस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा बुटवल योगीकुटीका ५६ वर्षिय विष्णु पौडेल, रौतहटका २० वर्षिय दिनेश दास, बुटवल कालिकानगरका कृष्ण प्रसाद बस्याल र रुपन्देहीको मटेरियाका राजेन्द्र प्रसाद पाण्डे छन् । अन्य ५ जनाको पहिचान खुल्न बाँकि रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते २४ मध्ये १६ जनाको अवस्था गम्भिर छ । उनिहरुको स्थानीय अस्पतालमा उचार भईरहेको छ । बसमा ३३ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिकालिन बस भैरहवाको परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलाको पुलमा दुर्घटनामा परेको हो । बस पुलबाट खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । दुर्घटनामा परेको बसलाई तीनवटा जेसीभीको सहायताले पल्टाएर यात्रुको उद्धार गरिएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया