पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाइयो

रेडियो कान्तिपुर संवाददाता

असार ११, २०७९ | काठमाडौं

चौतर्फी विरोध भएपछि सरकारले पेट्रोलियम पद्धार्थको मुल्य घटाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको बताउनुभयो । 

मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गर्दै मुल्य समायोजन गरिएको बताउनुभयो । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । मन्त्री बडुले बढ्दो महंगी तथा कालो बजारी रोक्न बजार अनुगमनलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

सरकारको घोषणा गरेको मूल्य आज मध्य राति १२ बजेदेखि लागू हुनेछ । यसअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई सुझाव दिएको थियो ।  


प्रतिक्रिया