दाहाल तीनदिने भारत भ्रमण पूरा गरी काठमाडौं फर्किदैं

श्रावण १, २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमण पूरा गरी काठमाडौं फर्किदैं हुनुहुन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने उहाँको भेट भएन । भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रसाद नड्डाको निम्तोमा दाहाल दिल्ली जानु भएको थियो । दाहालका स्वकिय सचिव रमेश मल्लले नड्डासँगको भेटघाट र उहाँसँगको छलफल नै भ्रमणको प्रमुख एजेन्डा रहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीको समय मिलेको खण्डमा भेट हुने सम्भावना वा अनुमान मात्रै गरिएको मल्लले बताउनुभयो । नड्डासँग साढे ११ बजेको समय मिलाईको थियो । 

नड्डाको भेटपछि मोदीसँग भेट्ने सम्भावना थियो । दाहाल स्वयंले पनि मोदीसँग भेट हुने सम्भावना व्यक्त गर्नु भएको थियो । तर, दाहालको भ्रमण कार्यसूचीमा मोदीसँगको भेटबारे कुनै औपचारिक जानकारी कतैबाट आएको थिएन । शनिबारको एक प्रवचन कार्यक्रममा दाहालले सीमा विवाद, १९५० को सन्धी र ईपीजी प्रतिवेदन सम्बन्धी विषयहरुमा कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने कुरा उठाउनु भएको थियो ।

दाहालले त्यो प्रसंग अन्य भेटघाटमा पनि उठाएको बुझिएको छ । कतिपयले त्यसै कारणले पनि मोदीसँगको भेटघाटको प्रबन्ध मिलाउन विदेश मन्त्रालयले अनिच्छा देखाएको हुनसक्ने विश्लेषण गरेका छन् । 


प्रतिक्रिया