परराष्ट्रमन्त्री खड्काले वाङ यी सँग भेटवार्ता गर्दै

रेडियो कान्तिपुर संवाददाता

श्रावण २५, २०७९

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज भेटवार्ता गर्दै हुनुहुन्छ । ३ दिने औपचारिक भ्रमणका लागि हिजो चीन गएका मन्त्री खड्काले समकक्षी वाङ यीसँग आज भेटवार्ता गर्न लाग्नुभएको हो । चीनको सान्तोङ प्रान्तको छिङतावोमा मन्त्री खड्काले समकक्षी वाङ्ग यीसँग आज भेटवार्ता गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई मुलकबीच विश्वासको वातावरण निर्माण एव यसअघि भएका सम्झौता कार्यन्वयनको पाटोमा भ्रमण केन्द्रीत हुने परराष्ट्रमन्त्रालयकी प्रवक्ता सेवा लम्सालको भनाई छ । दुई मुलुकबीच सन २०१९ अक्टोबरमा भएको चिनियाँ राष्ट्रपति सी चिनिफिङको भ्रमण, यसअघी भएका सम्झौता कार्यन्वयनका विषयमा छलफल केन्द्रीत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । पछिल्लो समय विश्वमा देखिएको शीत युद्धको संकेतकै परिस्थितीका बीच निकट छिमेकीलाई विश्वासमा लिएर अघि बढ्ने वातावरण बनाउने विषयमा चिनियाँ विदेश विदेशमन्त्री वाङसंग छलफल हुन लागेको हो ।

राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल चीनबीच २० बुँदे सम्झौता भएको थियो । लगत्तै कोभिड संक्रमण र नेपालको आन्तरिक राजनीतिमा फेरबदल आएपछि सो सम्झौता कार्यन्वयन हुन सकेको थिएन । 


प्रतिक्रिया