३३ वर्षपछि ‘कुकर कामी’ले आफ्नो नामको नागरिकता पाए

भाद्र ५, २०७९

जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका ३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेको छ । गृहमन्त्रालयको निर्देशन अनुसार प्रशासन कार्यालयले अपमानजनक नाम भएका नागरिकता आवश्यक प्रक्रिया पुर्‍याएर नागरिकता दिन निर्देशन दिएपछि कुकुर कामी नाम उल्लेख गरिएका कविरामलाई नयाँ नागरिकता प्रदान गरेको हो । २०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली गएको बेलामा कविरामको नाम तत्कालिन प्रधानपञ्चको सिफारिसमा कुकुर कामी लेखिएको थियो । 

नाममै अमपमान शिर्षकमा कान्तिपुरले समाचार लेखेपछि गृहमन्त्रालयले र संसदको ध्यानाकर्षण भएको थियो । गृहमन्त्रालयले जिल्ला प्रशासनहरुलाई पत्राचार गर्दै अपमानजनक नाम सच्याउन निर्देशन दिएको थियो । कविरामलाई आज प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिनु भएको हो । ३३ वर्ष वर्षपछि नागरिकतामा वास्तविक नाम पाएपछि प्रफूल्लीत हुँदै उहाँले नयाँ जुनी पाएको महसुस भएको बताउनुभयो । कविरामको नागरिकतासंगै कुकुर कामी नाम भएका अन्य प्रमाणपत्रहरु खारेज गरिने प्रजिअ प्याकुरेलले बताउनुभयो । 


प्रतिक्रिया