जबरालाई महाभियोग लागाउन सिफारिस, एमाले र लोसपाको फरक मत

आश्विन १, २०७९ | काठमाडौं

संसदको महाअभियोग सिफारिस समितिले प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको फरक मतसहित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ । केहीबेर अघि सकिएको बैठकमा सत्तारुढ गठबन्धनका ६ सांसदको समर्थनसहित बहुमतका आधारमा प्रतिवेदन पारित गर्दै समितिले जबराविरुद्धको महाभियोग सिफारिस गरेको हो ।

 ११ सदस्यीय समितिमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन् । एमालेले ८ वूदे फरक मत राखेको समिति सदस्य एवम् एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । प्रतिनिधिसभा कार्यकाल सकिने भएकाले आज अन्तिम दिन समितिले सभामुख अग्निप्रसाद सापकोटाकालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । जबराविरुद्ध २०७८ फागुन १ गते ९८ सांसदले महाअभियोग दर्ता गरेका थिए । महाभियोगको सिफारिस भएपछि अबको प्रक्रिया के हुन्छ भन्ने अन्योल देखिएको छ । 


प्रतिक्रिया