प्रभु बैंकका सीईओसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

मंसिर १५, २०८२ | काठमाडौं

प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

उच्च अदालत पाटनले आज प्रहरीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिजुलीबजारस्थित प्रधान कार्यालयबाट सीईओ शेरचनसहितबैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया