सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

वैशाख २२, २०८० | संखुवासभा

संखुवासभाको भोटखोला ४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । भोटखोला गाउँपालिकाका अध्यक्ष वाडछेदर भोटेले हेलिकप्टर दुर्घटना भएको बताउनुभयो ।

हटिया गोलाको छोङग्राङबाट १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको सामाग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरे डाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेको सो हेलिकप्टरले माटोढुंगा तथा क्रक्रिट प्रयोगशालाको सामान ढुवानी गर्दै आएको माथिल्लो अरुण आयोजनाका बरिष्ठ सहायक गृष्म भण्डारीले बताउनुभयो । क्षतिको थप बिवरण आइसकेको छैन । खाँदबारीबाट २ दिनको पैदल यात्रापछि दुर्घटनास्थल पुग्न सकिन्छ ।  


प्रतिक्रिया