लुम्बिनीमा भयावह बन्दै लम्पी स्किन रोग

श्रावण १७, २०८० | तिलोत्तमा

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा अझै आउन सकेको छैन । रोग नियन्त्रणका लागि जिल्लामा खोप अभियान सञ्चालनमा आएपनि नियन्त्रणमा भने प्रगति हुन सकेको छैन । लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा गरेर ५ हजार ६ सय ४६ पशुको मरेको तथ्यांक छ ।

निर्देशनालयका निर्देशक डा. परबेज आलमले लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगका कारण किसानले करोडौंको क्षति व्यहोर्नु परेको बताउनुभयो । हालसम्म चौपायामा देखिएको लम्पी स्किन रोगका कारण १२ करोड ५० लाख बराबरको क्षति भइसकेको उहाँको भनाइ छ । प्रदेशमा प्रदेश स्तरीय लम्पी रोग नियन्त्रण कार्यदल गठन गरेर रोगको नियन्त्रणको पहल भइरहेको निर्देशनालयले जनाएको छ । 


प्रतिक्रिया