प्रधानमन्त्री दाहाल बेइजिङ जादैं

आश्विन ७, २०८०

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बेइजिङमा आयोजना गरीएको नेपाल चीन व्यवसाय सम्मेलनलाई आज सम्बोधन गर्दै हुनुहुन्छ । नेपाल उद्योग बाणिज्य महासघ र चीनको विदेश ब्यापार प्रबद्र्धन केन्द्रको संयुक्त आयोजनामा हुने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्वोधन गर्न लाग्नुभएको हो ।

द्धिपक्षीय ब्यापार प्रवद्र्धन र नेपालमा चिनियां लगानी आकर्षित गर्ने उद्धेश्यले सम्मेलनको आयोजना गरीएको हो । सम्मेलनमा चिनियां निजी क्षेत्रबाट १ सय २० र नेपालका तर्फबाट ५० भन्दा बढी ब्यवसायीको सहभागिता रहनेछ । सम्मेलनमा दुबै देशका तर्फबाट सरकारी उच्च प्रतिनिधिले समेत सहभागिता जनाउने उद्योग वाणिज्य महासंघले जनाएको छ । नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका विषयमा महासंघका अध्यक्ष चन्द्र ढकालले सम्वोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुन लागेको उच्चस्तरीय व्यवसायिक सम्मेलनबाट नेपालमा चिनिाया लगानी बढाउन र निर्यात प्रबद्र्धनका लागि महत्वपूर्ण अपेक्षा गरिएको छ । प्रधानमन्त्री सहितको प्रतिनिधिमण्डल भने तिब्बतको भ्रमण गर्दै आगामि शनिबार काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले हिजो चिनिया राष्ट्रपति सि जिनपिङसंग शिष्टाचार भेटवार्ता गर्दै नेपाल एक चीन नीति प्रति दृढ रहेको बताउनुभएको थियो । 


प्रतिक्रिया