नेत्र विक्रम चन्दसहित चार नेताविरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी

मंसिर १८, २०८० | काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दसहित चार जना नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

 ३५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश जारी गर्दै सो पार्टीका अध्यक्ष चन्दसहित स्थायी समिती सदस्य खड्कबहादुर विश्वकर्मा, केन्द्रिय सदस्य माइला लामा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की विरुद्ध पक्राउ पूर्जी जारी गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिनुभयो ।

 अदालतका अनुसार २०७६ असोज ९ मा राज्य विरुद्धको कसुर मुद्दा दायर भएको थियो । सोही मुद्दाका आधारमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरिएको दाहालले बताउनुभयो ।

 अदालतले आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जनाएको हो । तोकिएको समय भित्रमा उपस्थित नभए कानुन अनुसार मुद्दा अघि बढ्ने सूचनामा उल्लेख छ । 


प्रतिक्रिया