युक्रेनी सेनाको आक्रमणमा थप एक नेपालीको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १३, २०८० | रोल्पा

रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवाको युक्रेनी सेनाको आक्रमणमा परी मृत्यु भएको छ । युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परि त्रिवेणी गाउँपालिका ७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ । पुन तीन महिना अघि भारत हुँदै रुस पुगेर सेनामा भर्ना भएका थिए । रुसी सेनामा पुनसंगै गएका साथीहरुले उनको मृत्युबारे परिवारमा खबर गरेपछि गाउँ नै शोकमग्न भएको त्रिवेणी गाउँपालिका७ का वडा अध्यक्ष भानबहादुर घर्तीमगरले बताउनुभयो । 

रुस पुग्नका लागि करिब ११ लाख खर्च भएको परिवारले जनाएको छ । मृतक पुनको शव नेपाल ल्याउन र क्षतिपूर्तीको व्यवस्था गरिदिन सरकारसँग परिवारले आग्रह गरेका छन् । सो वडाका दुई युवा भने रुसबाट फर्किसकेको वडाअध्यक्ष घर्तीमगरको भनाइ छ । 


प्रतिक्रिया