प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य सुहाङले शपथ लिँदै

वैशाख २६, २०८१ | काठमाडौं

इलाम–२ बाट प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य नेकपा एमालेका सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । 

सिंहदरवारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । सभामुख देवराज घिमिरेले नवनिर्वाचित सदस्य सुहाङलाई शपथ गराउन हुनेछ । 

शपथ गराए लगत्तै सांसद सुहाङलाई संसद्को लोगो समेत प्रदान गरिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

यही बैशाख १५ मा प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्बाङ २७ हजार ७ सय ७२ मत प्राप्त गरी विजयी हुनुभएको थियो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभयो । एमालेका सुहाङले कंग्रेसका खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले हराएको हो । 

२०७९ को निर्वाचनमा खड्का सुवास नेम्वाङसँग ११४ मतान्तरमा पराजित हुनु भएको थियो । 


प्रतिक्रिया