सरकारले गिरीबन्धु टि इस्टेटलाई क्षतिपूर्ति दिनुपर्ने सञ्चालकको माग

जेष्ठ ३०, २०८१ | काठमाडौं

सरकारले गिरीबन्धु टि इस्टेटलाई क्षतिपूर्ति दिनुपर्ने माग सञ्चालकहरुले राखेका छन् ।

गिरीबन्धु टि इस्टेट प्रा.लि.को नाममा रहेको चिया बगान गिरी परिवारको निजी जमिन भएको भन्दै सञ्चालकहरुले क्षतिपूर्तिको माग गरेका हुन् ।

झापाको चारपानेमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सञ्चालक छत्रबहादुर गिरिले गिरीबन्धु टि इस्टेटको जमिन राज्यले दाबी गरेपनि सो जग्गा आफूहरुको भएको बताउनुभयो ।

गिरीबन्धु टि इस्टेटको जग्गा निजी सम्पत्ति भएको पुुष्टि सर्वोच्च अदालतले गरेको बताउँदै उहाँले आफूहरुको मागलाई सरकारले सम्बोधन नगरेको बताउनुभयो ।

झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा नहुने फैसला यसअघि सर्वोच्च अदालतले सुनाएको थियो ।

केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारका पालामा भूमि सम्बन्धि ऐनका केही बुँदा संसोधन गरि सो जग्गा व्यवसायिक प्रयोजनका लागि दिन खोजिएको थियो ।


प्रतिक्रिया