मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई एमालेको आग्रह

रेडियो कान्तिपुर संवाददाता

असार १८, २०८१

नेकपा (एमाले) ले नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । 

पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण बदल्न वातावरण बनाएको एमालेको दाबी छ । प्रधानमन्त्रीले सुरुमा कांग्रेससँग राष्ट्रिय सहमितको सरकारका लागि प्रस्ताव गरिएको ज्ञवालीको भनाई थियो ।  


प्रतिक्रिया