मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर
कार्तिक २०, २०८१
सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग गरेको अभियोगमा गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङलाई दोषी ठहर गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गुरुङलाई दोषी ठहर गरेको हो ।
सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै गुरुङलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गरेको हो । उच्चको फैसलाविरुद्ध गुरुङ निवेदन लिएर सर्वोच्च पुगेका थिए । गुरुङको मागदाबी नपुग्ने फैसला भएको प्रवक्ता कुइँकेलले बताउनुभयो । उच्च अदालत पाटनले गुरुङलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।