ऐतिहासिक पुनरागमनसहित डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित
कार्तिक २१, २०८१ | काठमाडौं
विश्व समुदायको ध्यान खिचेको अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पले ऐतिहासिक जित हात पारेका छन् ।
रिपब्लिकन उम्मेदवार ट्रम्पले ५४० इलेक्ट्रोल मतमध्ये चुनाव जित्न आवश्यक २ सय ७० को थ्रेसहोल्ड पार गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । चुनावको अन्तिम मत परिणाम भने आउन बाँकी छ ।
यो समाचार तयार पार्दासम्मको विवरण अनुसार ट्रम्पले २ सय ७९ र डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसले २ सय २३ इलेक्ट्रोल मत जितेकी छन् ।
त्यस्तै, लोकप्रिय मतमा समेत ट्रम्प निकै अगाडी देखिएका छन् । उनले अहिलेसम्म ७ करोड १० लाख भन्दा बढी मत पाउँदा ह्यारिसले ६ करोड ६० लाख हाराहारीमा मत ल्याएकी छन् ।
अमेरिकी जनताको सानदार जित भायोः ट्रम्प
अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको सानदार जित भएको बताउनुभएको छ । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गर्नुभयो ।
आफू राष्ट्रपति पदमा विजयी मात्र नभएको भन्दै ट्रम्पले अमेरिकाको लोकप्रिय मत पनि जितेको दाबी गर्नुभयो । सम्बोधनका क्रममा ट्रम्पले एलन मस्कलाई रिपब्लिकन पार्टीको ‘अद्भुत व्यक्ति’ को रुपमा टिप्पणी गर्नुभयो ।
मस्कको स्टारलिंक स्याटेलाइट सेवाले गत अक्टोबरमा दक्षिणपूर्वी अमेरिकामा विनाशकारी तुफान हेलेनको समयमा धेरै मानिसहरू बचाउन मद्दत गरेको स्मरण समेत ट्रम्पले गर्नुभएको छ ।