नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई काँग्रेसको आग्रह

असार १९, २०८१

नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्दीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन हुने सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । 

संविधान संशोधन, राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गर्न एमालेसँग सहमति भएको कंग्रेसको भनाइ छ । कंग्रेसले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमालेको नेतृत्व सरकार बनाउने सहमति भएको औपचारिक रुपमा उल्लेख गरेको छ । कंग्रेसकोे कार्यसम्पादन समितिको बैठकले सरकारको नेतृत्व गर्ने विषयमा भएको समझदारीलाई अनुमोदन समेत गरेको छ ।

काँग्रेस र एमालेका शीर्ष नेताबीच सोमबार मध्यराति राष्ट्रिय सहमतिको सरकार सञ्चालनको सहमति पत्रमा हस्ताक्षर भएको थियो । तर सहमतिका बूँदा सार्वजनिक भइसकेको छैन । 


प्रतिक्रिया