नेकपा एसको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन

असार २०, २०८१ | काठमाडौं

नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्षमा सर्वसम्मत माधवकुमार नेपाल चयन हुनुभएको छ ।

काठमाडौंमा जारी महाधिवेशनले नेपाललाई अध्यक्ष र भुसाललाई महासचिवमा सर्वसम्मत रुपले चयन गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

महाधिवेशनले सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको खतिवडाले बताउनुभयो । अन्य पदाधिकारी र कार्यसमिति चयन भने हुन बाँकी छ ।

ती पदमा पनि सहमति खोजिने नेताहरुले बताएका छन् । 


प्रतिक्रिया