मधेशका मुख्यमन्त्री सिंहलाई विश्वासको मत प्राप्त

असार २२, २०८१ | काठमाडौं

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ ।

गत जेठ २५ गते मुख्यमन्त्री बनेका सिंहले नेपाली काँग्रेस र एमालेसहितका दलको समर्थनमा प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको हो ।

प्रदेश सभामा मत विभाजन गराउँदा उपस्थित १ सय १ जना प्रदेश सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको थियो । मुख्यमन्त्री सिंहलाई जनमत, नेकपा एमाले, काँग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् ।

जसपा, माओवादी, नेकपा एस, नेपाल संघिय समाजवादी पार्टीका सांसदहरुले विपक्षमा मतदान गरेका छन् । नयाँ गठबन्धन बनाएका काँग्रेस र एमालेले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका ६ जना मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको थियो ।

अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, कृषिमन्त्री गोविन्द न्यौपाने र खानेपानीमन्त्री बेची लुङ्गेली, गृहमन्त्री विमला अन्सारी र यातायातमन्त्री उर्मिला सिंहलाई बर्खास्त गरिएको हो । 


प्रतिक्रिया