सौर्य एयरलाइन्सको जहाज दुर्घटना: १८ को मृत्यु, पाइलटको उद्धार (अपडेट)

तस्बिर सौजन्य : नेपाल प्रहरी 

श्रावण ९, २०८१ | काठमाडौं

सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको छ । बुधबार काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलाइन्सको ९-एन-एएमई कलसाइन रहेको सौर्य एयरलाइन्सको जहाज विमानस्थल परिसरमै दुर्घटनामा परेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । 

दुर्घटनाग्रस्त विमानमा सवार सबै जना सौर्य एयरलाइन्सका कर्मचारी रहेको प्रहरीले जानकारी दिएको छ । सौर्य एयरलाइन्सका विमान चालक मनिष रत्न शाक्यको उद्धार गरिएको छ । शवहरु महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।


प्रतिक्रिया