सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने
श्रावण २८, २०८१ | धनगढी
सुदूरपश्चिमका मुुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते बुधबार प्रदेश सभाबाट विश्वास मत लिने हुनुभएको छ ।
विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीको पत्र प्राप्त भएको सभामुख भीम बहादुर भण्डारीले बताउनुभयो ।
साउन २० गते मुख्यमन्त्री नियूक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार छन् । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद छन् । बहुुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुुग्छ ।
त्यसै नागरिक उन्मुक्तिको मत थपिदा दुई तिहाइ नजिक पुुग्ने छ । तर लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुले एक ढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन ।