नेपालमा अपराधजन्य घटनामा वृद्धि

पुस ३, २०८१

नेपालमा अपराधजन्य घटनाहरुमा वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको उजुरीहरुबारेको पछिल्लो तथ्याङ्क अनुसार अपराधजन्य घटनामा वृद्धि भएका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासीकको अवधिमा भए गरेका अपराधजन्य घटनाबारे जानकारी दिन प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिइएको हो ।

प्रहरीका अनुसार पछिल्लो एक वर्षको अवधिमा मात्र १८ हजार बढी विभिन्न प्रकृतिका अपराधजन्य घटनाबारे उजुरी दर्ता भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीका अनुसार पछिल्लो चार महिनामा जबरजस्ती करणी, संगठीत अपराध तथा ज्यान मार्ने कसुरसम्बन्धी धेरै उजुरी प्रहरीमा परेको छ ।

जबरजस्ती करणी र संगठीत अपराधजन्य घटना बृद्धि हुँदा मानव बेचविखन तथा ओसारपसार, आत्महत्या तथा चोरीका घटनामा भने कमी आएको प्रहरी प्रवक्ता अधिकारीको भनाई छ ।

पछिल्लो समय दैनीक १ सय ६२ वटा अपराधसँग जोडीएका घटनाहरु प्रहरीमा दर्ता हुने गरेको अधिकारीले जानकारी दिनुभयो । यस्तै प्रहरीले विभिन्न घटनाका दोषीहरुलाई समेत नियन्त्रणमा लिन सफल भएको उहाँको भनाई छ ।

प्रहरीको तथ्याङ्क अनुसार कर्तब्य ज्यान सँग जोडिएका घटनाहरु कोशी प्रदेशमा सबैभन्दा धेरै २३ दशमलव ९५ प्रतिशत मुद्दा दर्ता हुने गरेको छ । कर्णाली प्रदेशमा भने तुलनात्मक रुपमा कम देखिएको प्रहरीको तथ्याङ्क छ ।   


प्रतिक्रिया