सत्ता गठबन्धन दलले भ्रष्टचारलाई संस्थागत गर्‍यो : राप्रपाका अध्यक्ष लिङ्देन

पुस १३, २०८१ | सुनसरी

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्ता गठबन्धन दलले भ्रष्टचारलाई संस्थागत गरेको आरोप लगाउनु भएको छ । 

सुनसरीको इटहरीमा राप्रपा कोशी प्रदेश कमिटीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङदेनले कांग्रेस र एमालेको गठबन्धन भ्रष्टचारलाई संस्थागत गर्न केन्द्रित रहेको आरोप लगाउनु भएको हो । कांग्रेस र एमालेकै कारण देश बर्बादीको दिशामा पुगेको टिप्पणी गर्नुभयो । 

दुई ठूला दल मिलेर सरकार बनाउँदा विगतका गल्ती, कमीकमजोरी सच्याउने अवसर भएपनि त्यतातर्फ उनीहरुको ध्यान नगएको उल्लेख गर्दै लिङ्देनले सत्ता गठबन्धन दलबाट जनताको आशा निराशामा परिणत भएको बताउनुभयो । 

विरोध सभामा पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, प्रवत्ता ज्ञानेन्द्र शाही लगायतले वर्तमान सरकारका कारण मुलुक अस्तव्यस्त हुँदै गएको भन्दै राप्रपाले त्यसविरुद्ध देशैभर भण्डाफोर र विरोध कार्यक्रम सुरु गरेको बताउनु भएको थियो । 

राप्रपाको शक्ति प्रदर्शनको रुपमा लिएको यो विरोधसभा अघि अध्यक्ष लिङदेन, पूर्वअध्यक्ष लोहनी र प्रवक्ता शाहीको नेतृत्वमा इटहरी विभिन्न तीन ठाउँबाट र्‍याली निकालिएको थियो । 


प्रतिक्रिया